जीवनशैली

२ सय ५० भन्दा बढी जसपा कपिलवस्तुमा प्रवेश



कपिलवस्तु ७ कार्तिक ।जनता समाजवादी पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुले कपिलवस्तुको शुद्धोधन गाउँपालिका स्थित वडा नम्बर ४ मा वडा भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।पार्टीको संगठन सुदृढीकरण अभियान अन्र्तगत अयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगाएत विभिन्न पार्टी परित्याग गरि २ सय ५० भन्दा बढी जसपा कपिलवस्तुमा प्रवेश गरेको जिल्ला अधयक्ष शैलेन्द्र यादवले जानकारी दिनुभयो । पार्टी प्रवेश कार्यक्रमका क्रममा लोकतान्त्रिक समाजवादीमा गएकाहरु पनि जसपामा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई जसपा नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनु भएका सहसराम यादवले स्वागत गर्नुभएको छ ।

कार्यक्रममा पुर्व मन्त्री तथा जसपा प्रदेश इन्चार्ज दानबहादुर चौधरी, प्रदेश उपाध्यक्ष अब्दुल रसिँद खाँ, मायादेवी गाउँपालिका अध्यक्ष बजरंजी चौधरी, जिल्ला अध्यक्ष शैलेन्द्र यादव, शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद खाँ लगाएतको आथित्यता रहेको थियो।

प्रकाशित : ६ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६