प्रदेश

शासकीय प्रणाली फेरे मात्रै देश उँभो लाग्ने:अध्यक्ष यादव



रौतहट ७ कार्तिक । सत्ता गठबन्धनमध्येको एक दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र विकासका लागी शासकीय प्रणालीको फेरबदल अनिवार्य हुने बताएका छन् ।

जसपा रौतहटले शनिबार यमुनामाई गाउँपालिका वडा नम्बर १ सुकदेव चोकमा आयोजना गरेको पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष यादवले शासकीय प्रणाली फेरे मात्रै देश उँभो लाग्ने बताएका हुन ।

अहिलेको विकृत संसदीय प्रणालीले भ्रष्टाचार र अनियमिततालाई बढावा दिएको भन्दै शासकीय प्रणाली फेर्नु नै अन्तिम विकल्प भएको अध्यक्ष यादवले बताए ।

उनले भने,‘ अहिलेको विकृत संसदीय व्यवस्था र निर्वाचन प्रणालीले इमान्दार ब्यक्तिलाई चुनाव लड्न दिंदैन । पूँजिपतिहरुको हातमा मुलुकको शासन व्यवस्था जान थालेको छ । करोडौं खर्च गरेर चुनाव जित्ने व्यक्तिबाट सुशासन र समृद्धिको आशा गर्नु कोरा कल्पना मात्र हुने छ ।’

वर्तमान बेथितीबाट मुलुकलाई बाहिर निकाल्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र पूर्ण समानुपाति संसदीय व्यवस्था एक मात्र विकल्प रहेको उनको भनाई थियो । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले सरकार संचालन गर्ने भएपछि भ्रष्टाचार आफैं नियन्त्रण हुने दाबी गरे । अध्यक्ष यादवले जसपाको अगामी लडाई शासन प्रणालीकै विषयमा हुने उद्घोष पनि गरे ।

कार्यक्रममा संघीय सरकारका संघीय व्यवस्था तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले संघीयताको कार्यान्वयनका लागी पार्टीले आफूलाई जिम्मेवारी दिएर सरकारमा पठाएको बताए ।

उनले आफूले पाएको जिम्मेवारीबाट संघीयताप्रेमी जनतालाई निराश हुन नदिने जिकिर गर्दै प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन आफूले काम शुरु गरिसकेको जानकारी पनि दिए ।

कार्यक्रममा प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले परम्परागत पार्टीहरुले मुलुकको आमूल परिवर्तन गर्न असफल भैसकेको भन्दै त्यसका लागि जसपा एक मात्र विकल्प रहेको जिकिर गरे ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६