काठमाडौं कार्तिक ७ । निरन्तर पेट्रोलियम पदार्थको मुल्य बढी रहदा पनि सरकारलाई जोगाउने नाममा नेपाल आयल निगम घाटाको दलदलमा फसेको छ।
पेट्रोलियम पदार्थको कारोवारको एकाधिकार पाएको नेपाल आयल निगम घाटाको दलदलमा फँसेको छ।
यसअघि अन्तरराष्ट्रिय बजारमा मुल्यबृद्धी हुना साथ मुल्यबृद्धी गर्दै आएको नेपाल आयल निगमले पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा इन्धनको मल्य निरन्तर बढदा पनि आयल निगमले देउवा नेतृत्वमा सरकार गठन भए संगै मुल्य बढाएउन आलटाल गरि रहेको छ्।
पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा हप्तैपिच्छे ईन्धनको भाउ बढी रहेको छ तर सरकारका बिरुद्ध आन्दोलन हुने र आलोचना हुन सक्ने भन्दै आयल निगमले नेपाली बजारमा भाउ बढाएको छैन तसर्थ नेपाल आयल निमग घाटामा गएको छ।
आयल निगमका अनुसार भारतबाट महंगोमा किनेको डिजेल भारतमै भन्दा प्रतिलिटर ५२ रुपैयाँ ७३ पैसा र पेट्रोल प्रतिलिटर ४८ रुपैयाँ ८२ पैसा सस्तोमा बिक्री गरिरहेको छ ।
भारतमा पेट्रोल नेपाली रुपैयाँ १ सय ८० र डिजेल १ सय ७० रुपैयाँ छ भने नेपालमा पेट्रोल १ सय ३० र डिजेल १ सय १३ रुपैयाँ छ । भारतको तुलनामा नेपालमा डिजेल प्रतिलिटर ५२ रुपैयाँ ७३ पैसा र पेट्रोल प्रतिलिटर ४८ रुपैयाँ ८२ पैसा सस्तो छ ।
यसरी बेच्दा आयल निगमलाई हाल पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ १ पैसा घाटा भइरहेको र डिजेलमा प्रतिलिटर १४ रुपैयाँ १६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ५११ रुपैयाँ ८८ पैसा घाटा भइ रहेको छ ।
अहिलेको मूल्यसूची अनुसार ईन्धन बेचिरहेको आयल निगमले पछिल्लो १५ दिनमा २ अर्ब २२ करोड घाटा ब्यहोरेको छ।
निगमका अनुुसार निगमको मूल्य स्थिरीकरण कोषमा भएको १३ अर्बमध्ये ६ अर्ब पेट्रोलियम पदार्थ खरिदमा खर्च भइसकेको छ भने यही मुल्यमा बेच्दा करीव १५ दिनमा कोषको रकम सकिने अवस्था छ।








प्रतिक्रिया