प्रदेश

चोलेन्द्रले बोलाएको ‘फुल कोर्ट’ मा सर्वोच्च अदालतका १४ न्यायाधीश सहभागी नहुने



काठमाडौं, ७ कात्तिक ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको ‘फुल कोर्ट’ मा सर्वोच्च अदालतका बाँकी न्यायाधीश सहभागी नहुने भएका छन् ।

न्यायाधीशहरुको बैठकले यस्तो निर्णय गरेको स्रोतले जानकारी दियो । सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठकले यस्तो निष्कर्ष निकालेको हो । आज (आइतबारं मात्रै नेपाल बार एशोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुल कोर्टको बैठक राख्न आग्रह गरेका थिए ।

प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा आँच आएको कारण न्यायालय सुधारको काम तत्कालै शुरु गर्नुपर्ने माग बारको थियो । त्यसलगत्तै प्रधानन्यायाधीश जबराले सोमबार अपरान्ह १ः३० बजेका लागि सर्वोच्चको पूर्ण बैठक (फुल कोर्ट) बोलाउने प्रतिवद्धता जनाएका थिए ।

तर आइतबार नै सर्वोच्चका अधिकांश न्यायाधीशले अनौपचारिक छलफल गरी प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरे । प्रधानन्यायाधीशकै कारण अदालतको गरिमामा गम्भीर आघात पुगेको भन्दै अहिले उठेकै विवादका विषयमा छलफल गर्न न्यायाधीशहरूले पूर्ण बैठकको माग गरेका थिए । तर नेपाल बार एसोसिएसनको सहयोग लिएर विषयान्तर गर्न फुल कोर्टको बैठक डाकिएकाले सो बैठकमा सहभागी नहुने निर्णय भएको स्रोतले बतायो ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६