प्रदेश

कपिलवस्तुका चार विद्यार्थी संगठनले बुझाए सिद्धार्थ क्याम्पसमा ज्ञापनपत्र, यस्ता छन माग ।



कपिलवस्तु, ७ कार्तिक । कपिलवस्तुका चार क्रियाशिल संगठनले ६ बुँदे मागसहित सिद्धार्थ क्याम्पसलाई ज्ञापनपत्र बुझाएका छन् । आइतबार क्याम्पस प्रमुख खेमराज शर्मा समक्ष ४ विद्यार्थी संगठनले एक हप्ते अल्टिमेटम दिएर ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।

अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (क्रान्तिकारी), अखिल छैठौंका जिल्ला अध्यक्षद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा कोरोना भाइरस अविधिभर अनलाइनको बाहनामा अनावश्यक रुपमा लिने गरेको चर्को शूल्क तत्काल फिर्ता, क्याम्पसबाट प्रशासनले प्रध्यापक, उप प्रध्यापक नियुक्ती तथा स्थायी गर्दा योग्यता, क्षमताका आधारमा नभई दलगत आधारमा नियुक्त गर्दै आएको लगायतका एजेण्डा रहेका छन् ।

क्याम्पसबाट पाउने छात्रवृत्ती गरिब, जेहन्दार, घाइते अपाङ्गलाई वितरण नगरि आफ्नो अनुकुलतामा वितरण गरिएको पनि ज्ञापनपत्रमा जनाइएको छ । भर्ना, मासिक शुल्क लगायत विभिन्न बहानामा गरिदै आएको चर्को असुली कार्य तत्काल अन्त्यको माग पनि ज्ञापनपत्र मार्फत गरिएको छ ।

प्रस्तुत ज्ञापनपत्र क्याम्पसका विद्यार्थी समक्ष राखेर क्याम्पस प्रमुखलाई बुझाएको भन्दै एक हप्ता भित्र माग सुनुवाई नभए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने अनेरास्ववियू कपिलवस्तुका अध्यक्ष दिपक अनुरागीले जानकारी दिनुभयो । विद्यार्थीका माग समय सापेक्ष भएकाले तत्काल सुनुवाई गर्न क्याम्पस प्रशासन समक्ष अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष हरिशचन्द्र खनालले बताउनुभयो ।

ज्ञापनपत्र बुझाउन अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हरिशचन्द्र खनाल, अनेरास्ववियूका अध्यक्ष दिपक अनुरागी, अखिल (क्रान्तिकारी)का अध्यक्ष विज्ञान क्षेत्री, अखिल (छैठौं)का अध्यक्ष सन्जिला बुढामगर, अनेरास्ववियू (क्रान्तिकारी)का जिल्ला सचिव पुष्कर भुसाल, अनेरास्ववियूका जिल्ला कोषाध्यक्ष कमल बेल्वासे लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६