प्रदेश

बाणगंगा ११ द्धारा पशुपालक कृषकहरुलाई घाँसको विउ वितरण



कपिलवस्तु, कात्तिक ७ ।  युग र जनताको माग अनुसार जनतालाई स्थानीय सरकारको महशुस गराउन सफल कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ११ ले वडा भित्रका पशुपालक कृषकहरुलाई घाँसको विउ वितरण गरेको छ । पशुपालक कृषकहरुलाई पशुपालन तर्फ आर्कषण गरि व्यवसायीकरणमा जोड दिने उद्देश्यले उक्त घाँसको विउ वितरण गरिएको वडाध्यक्ष सोमनाथ अर्यालले जानकारी दिए । चालु आर्थिक बर्षको स्वीकृत कार्यक्रम अनुसार पशुपालक कृषकहरुको माग र आवश्यकता अनुसार उन्नत जातको घाँसको विउ वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । 

नगरपालिका÷घरेलु वा आन्तरिक राजस्व कार्यलय लगायत सम्बन्धित निकायमा  दर्ता भएका ७५ पशुपालक कृषकहरुलाई २ किलो बर्सीम र ३ किलो जै घाँसको विउ वितरण गरिएको हो भने भोलिबाट वडामा रहेका सबै पशुपालक कृषकहरुलाई वितरण गरिने वडाध्यक्ष अर्यालले बताए । 

वडाध्यक्ष अर्यालले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भएकाले वडावासीको पेशा व्यवसायलाई पनि उकास्न वडाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले पशुपालन व्यवसायलाई आधुनिकिकरण गर्नुपर्नेमा जोड दिंदै त्यसका लागि वडाले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । 

वडाले पशुपालक कृषकहरुका लागि गरेको सराहनीय कामको कृषकहरुले खुलेरै प्रशंसा गर्दै स्थानीय सरकारको महशुस भएको बताए । वडाध्यक्ष अर्यालको अध्यक्षता, नगरपालिकाका पशु शाखा प्रमुख राज कुमार तिवारीको विशिष्ट आतिथ्यता, वडा सदस्यहरुको आतिथ्यता, तथा वडा सचिव राम प्रसाद .सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६