प्रदेश

प्रधानन्यायाधीशले भने प्रचण्डलाई भेटेको हु तर बारगेनिङ गरेको होइन



काठमाडौं ८ कात्तिक  । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले जेठान गजेन्द्र हमाललाई मन्त्री बनाउन दबाब नदिएको बरु नबनाउन आग्रह गरेको बताउनु भएको छ । नेपाल बार एसोसिएसनका टोलीसँगको आज भएको छलफलमा प्रधानन्यायाधीश जवराले यस्तो बताउनु भएको हो ।‘गजेन्द्र हमालसँग मेरो ससुराली सम्बन्ध २०४१ सम्म थियो । मेरी श्रीमतीको निधन भएपछि अर्को बिहे गरेको हुँ । मैले उनलाई मन्त्री बनाइदिनु भनेर कुनै नेतालाई भनेको छैन । भेटेको छैन ।                      बरु यसबारे मिडियामा समाचार आएपछि गजेन्द्र हमाललाई मन्त्री नबनाइदिनुस् भनेर चाँहि भनेको हुँ,’ प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै बार महासचिव लीलामणि पौडेलले भन्नुभयो ।प्रधानन्यायाधीश जबराकै दबाबमा प्रधानमन्त्री शेरबहादुर देउवाले बाँकेका पुराना कांग्रेस नेता हमाललाई उद्योग तथा आपूर्ति मन्त्री नियुक्त गरेको चर्चा थियो ।      हमाललाई मन्त्री बनाएकोमा सरकारको निकै आलोचना भएपछि तीन दिन नपुग्दै उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६