काठमाडौं ८ कात्तिक । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केन्द्रीय आयोगका सदस्य हिराबहादुर केसीले आफू एमालेमै रहेको घोषणा गर्नुभएको छ । एमाले मुख्यालय थापाथली पुगेर संबिधानसभा सदस्यसमेत रहनुभएका प्यूठानका नेता केसीले आफू बिभाजनकारी नेतालाई साथ दिन नसक्ने भन्दै एमालेमै रहेको घोषणा गर्नुभएको हो ।केसी २०७० सालको संबिधान सभामा प्यूठानबाट संबिधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । एमालेप्रति आफ्ना लगाव कहिल्यै नघटेको भन्दै केसीले आज एमाले केन्द्रीय कार्यालयमा पुगेर महासचिव इश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, स्थायी कमिटी सदस्य शंकर पोखरेल, मणिचन्द्र थापा, बिष्णु रिमाल र केन्द्रीय सदस्य सूर्य थापालाई साँक्षी राखेर आफू एमालेमै रहेको घोषणासहित बिज्ञप्ती जारी गर्नुभएको छ । बिज्ञप्तीमा केसीले बिभाजनकारी समुहमा नलाग्न सवैलाई अपिल गर्नुभएको छ । पार्टी बिभाजन गरी बनेको गुटको कथित केन्द्रीय अनुशासन आयोगको सदस्यमा राखेको भनी अन्तरपार्टी निर्देशन जारी भएको सुन्दा आश्चर्य लागेको छ, म नेपाली जनताको प्रिय पार्टी बिभाजनको पक्षमा छैन, थिईंन, म एमालेमै रहेको छु,’ केसीले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ । केसी पनि एमालेमै रहेको घोषणा गरेपछि प्यूठानमा माधव नेपालको नेकपा एकीकृत समाजवादी लगभग सकिएको छ ।
८ कार्तिक २०७८, सोमबार








प्रतिक्रिया