अर्थ-वाणिज्य

पाल्पामा उत्पादित छुर्पी अमेरिको बजारमा ।



पाल्पा, ७ कार्तिक । लुम्बिनी प्रदेशको पाल्पा तानसेनमा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ।  अमेरिकाको बजारमा अहिले पल्पामा उत्पादन भएको छुर्पि  पाईन थालेको हो । गाईको दूधबाट उत्पादित वार्षिक १० मेट्रिकटन छुर्पी निर्यात हुने गरेको छ । यहाँ उत्पादित छुर्पी पोखरा, काठमाडौँ हुँदै अमेरिका निर्यात हुँदै आएको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. चन्द्रबहादुर रानाले बताए ।

अमेरिकामा कुकुरलाई आहाराका रूपमा खुवाउने गरिएकाले यहाँ उत्पादित छुर्पी काठमाडौँमा सङ्कलन गरी अमेरिका पठाउने गरिएको उनको भनाइ थियो । पाल्पा पछिल्लो वर्ष व्यावसायिकरूपमा पशुपालनसँगै दूध र मासुमा आत्मनिर्भर बनेको छ । जिल्लामा उत्पादित भैँसीको दूधको खपत सहजरूपमा हुँदै आएको छ । गाईको दूधको माग न्यून हुँदा खपतमा समस्या भएपछि सहकारी तथा निजी डेरी छुर्पी उत्पादनमा आकर्षित भएका हुन् ।

तानसेन नगरपालिकाको बसपार्कका टीकाराम खरालले विसं २०५२ मा तीन लिटर दूध बोकेर डेरीमा ल्याउथे । उत्पादित दूधले उचित मूल्य नपाउँदा बजारको समस्याले हैरानी भएका उनी छुर्पीका निम्ति प्रख्यात इलाममा पुगी छुर्पी उत्पादन गर्न सिकेको बताउँछन् । 

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६