प्रदेश

कपिलवस्तुमा निर्मल र रुपन्देहीमा झरना भए एमालेका कान्छा वडा सचिव : के हो उनीहरूको बिशेसता?



कपिलवस्तु, ८ कार्तिक । नेकपा एमालेको वडा अधिवेशन धेरैजसो ठाउँमा शनिवार सम्पन्न भएको छ । एमालेले यस पटक युवाहरुलाई निकै अगाडी सारेको पाइएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिकाका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

शनिवार पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमकाबीच पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट वडा अधिवेशनको एकसाथ उद्घाटन गरेसँगै देशभरका ६ हजार ७ सय ४३ वटा वडाको अधिवेशन सुरु भएको थियो ।

बाणगंगा नगरपालिका चार नम्बरका २२ वर्षीय निर्मल शर्मा वडा कमिटी सचिव भएका छन । यसले राजनीतिमा युवा पुस्ताको चासो बढेको भन्दै सबैजना हौसिएका छन । उनी सोहि वडाका पार्टीको जनवर्गीय संघ राष्ट्रिय युवा संघ नेपालका वडा कमिटि सचिव पनि हुन् ।

पार्टीले विश्वास गरेर युवा संघ र पार्टीकै वडा कमिटि सचिव जस्तो महत्वपुर्ण जिम्मेवारी प्रदान गरेकोले सो जिम्मेवारी आफुले कुशलतापुर्वक पुरा गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । यसैविच शनिबार सम्पन्न वडा अधिवेशनमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट १९ वर्षीया झरना चौधरी वडा सचिवमा निर्वाचित भएकी छन् ।  विद्यालय तहबाटै राजनीतिमा लागेकी झरना वडा नं ६ को सचिवमा निर्विरोध निर्वाचित भएकी हुन् । 

लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गरिरहेकी चौधरी अहिले अनेरास्ववियुको रुपन्देही जिल्ला सहसचिव पनि रहेकी छन्।  त्यस्तै सोही नगरपालिकाको वडा नं १ बाट २६ वर्षीय सुरज कलबार कम उमेरका वडा अध्यक्ष बनेका छन् । 

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६