अर्थ-वाणिज्य

लाइसेन्सको नयाँ आवेदन यही सातादेखि खुल्ने



काठमाडौं ८ कार्तिक  l विगत ६ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले यही सातादेखि नयाँ आवेदन खुलाउने तयारी गरेको हो । विभागका प्रवक्ता लोकनाथ लोकनाथ भुसालले यो साताभित्र लाइसेन्सको नयाँ आवेदन खोल्ने बताउन भयो । उहाँले भन्नु भयो , ‘सकेसम्म अबको एक÷दुई दिनमा आवेदन खुल्छ । नत्र शुक्रबारसम्ममा खुल्छ ।’

कोरोना भाइरस महामारीका कारण वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण लाइसेन्सको आवेदन खुलेको छैन । निषेधाज्ञा अगाडी झण्डै ७ लाखले दिएको आवेदन सकेर मात्रै नयाँ आवेदन खोल्ने विभागले बताउँदै आएको थियो ।

तर, चौतर्फीरुपममा विरोध भएपछि पुरानो आवेदनको ट्रायल (प्रयोगात्मक परीक्षा) नसकि नयाँ आवेदन खोल्न लागेको हो ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६