प्रदेश

हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै नेपाल र भारतका धर्मगुरुहरुको भैरहवामा भेला ।



बुटवल, ८ कात्तिक। नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने उद्देश्यसहित रुपन्देहीको भैरहवामा ‘विराट धर्म सभा’ आयोजना गरिएको छ ।

विश्व ओमकार एकता महाभियानको आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने सभामा नेपाल र भारतका धर्मगुरुहरु भैरहवामा भेला भइसकेका छन् ।

सभामा प्रवचन दिन भारतको जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य सहित एक दर्जन भारतीय हिन्दु धर्मगुरु समेत आइतबार साँझ भैरहवा आइपुगेका छन् ।

नेपाललाई धर्म निरपेक्षबाट पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्न र ओमकार परिवारबीच एकताका लागि अभियान सञ्चालन गर्ने सभाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका सदस्य पुष्पराज पुरुषले बताएका छन् ।

महेन्द्र सभा गृहमा आज मध्यान्ह शुरु हुने धर्म सभालाई जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्ने कार्यक्रम छ । सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सय भन्दा धेरै संस्थाका धर्मगुरु सहित हजारौंको सहभागिता रहने उनले बताए । सभामा एक सयभन्दा धेरै धर्मगुरु र कथावाचकले प्रवचन दिनुका साथै हिन्दु धर्मको रक्षाका सम्बन्धमा छलफल र बहस हुने पुष्पराजले बताए ।

धर्मसभा शुरु हुनु अघि भैरहवा गल्लामण्डीको हनुमान मन्दिरबाट वृहत शोभा कलश यात्रा निकाल्ने कार्यक्रम रहेको स्थानीय व्यवस्थापक कृष्णप्रसाद शर्माले बताए । धर्मसभामा देशभरबाट आएका धर्मगुरुसहित रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाबाट समेत पाँच हजार जनाको उपस्थिति रहने आयोजकले जनाएका छन् ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६