प्रदेश

पाँचथरमा बस दुर्घटना हुदाँ २ जनाको ज्यान गयो, ६२ जना घाइते ।



पाँचथर, ८ कार्तिक ।  पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको ज्यान गएको छ । उपचारका लागि समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको ज्यान गएको हो । उनीहरूको सनाखत भएको छैन । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ जना बालबालिका छन् ।

घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत चार जनालाई झापा रेफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । जिल्ला अस्पतालसहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई थप उपचारका लागि रेफर गर्ने तयारी गरिएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर ९सरखण्ड० मा आज दिउँसो साढे ११ बजेतिर सडकबाट खसेर दुर्घटनामा भएको थियो ।

गम्भीर घाइतेहरूलाई सुविधा सम्पन्न अस्पताल लानका लागि एम्बुलेन्सको अभाव भएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६