प्रदेश

एमाले पालिका अधिवेशनको तयारी पुरा, अधिवेशनका निम्ति २ हजार ६ सय ८४ बढी प्रतिनिधी सहभागि बन्दै



कपिलवस्तु, कात्तिक ८ । प्रथम राष्ट्रिय विधान महाधिवेशन सम्पन्न गरी आक्रामक रुपमा वडा, गाउँ, नगर अधिवेशनमा केन्द्रित रहेको एमालेले कात्तिक ९ गते सम्पन्न हुने गाउँ, नगर अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । कपिलवस्तु जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकाका निम्ति २ हजार ६ सय ८४ जना प्रतिनिधी चयन गरेको एमाले जिल्ला संगठन विभागले जनाएको छ ।  

जिल्लाका ९६ वटै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमाले कपिलवस्तुले नगर, गाउँपालिकाको नेतृत्व पनि सर्वसम्मत चयन हुनेमा आफु विश्वस्त रहेको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो । 

गाउँ, नगर अधिवेशनमा वाणगंगा नगरपालिकाबाट ४ सय २५ जना,  शिवराज नगरपालिकाबाट १ सय ५५ जना, महाराजगञ्ज नगरपालिकाबाट २ सय ५१ जना, कृष्णनगर नगरपालिकाबाट २ सय ४८ जना, बुद्धभूमि नगरपालिकाबाट ४ सय ५० जना, कपिलवस्तु नगरपालिकाबाट  ३ सय ५४ जना, शुद्धोधन गाउँपालिकाबाट २ सय २३ जना, विजयनगर गाउँपालिकाबाट ३ सय १७ जना, मायादेवी गाउँपालिकाबाट १ सय ५७ जना र यशोधरा गाउँपालिकाबाट १ सय ४ जना प्रतिनिधीले भाग लिने एमाले जिल्ला प्रचार विभाग कपिलवस्तुले जनाएको छ ।

 गाउँ नगर अधिवेशन सम्पन्न गर्नका निम्ति जिल्ला पार्टीले जिम्मेवारी समेत प्रदान गरेको जनाएको छ । गाउँ, नगर अधिवेशन सम्पन्न गर्नका निम्ति अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी प्रदान गरेको एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेलले बताउनु भएको छ । जस अन्तरर्गत वाणगंगा नगरपालिकाकाको संयोजकमा डम्मर शर्मा, शिवराज नगरपालिकाको संयोजकमा नेत्रराज अधिकारी, महाराजगञ्ज नगरपालिकाको संयोजकमा टेकराज पौडेल, कृष्णनगर नगरपालिकाको संयोजकमा शुशिल कुमार श्रीवास्तव बुद्धभूमि नगरपालिकाको संयोजकमा खुमप्रसाद आचार्य, कपिलवस्तु नगरपालिकाको संयोजकमा आजाद महमददर्जी, शुद्धोधन गाउँपालिकाको संयोजकमा विष्णु भण्डारी विजयनगर गाउँपालिकाको संयोजकमा मुस्ताफा मुसलवान, मायादेवी गाउँपालिकाको संयोजकमा द्रोणराज सुवेदी र यशोधरा गाउँपालिकाको संयोजकमा शान्तिदेवी चमारलाई तोकिएको एमाले कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६