प्रदेश

पाँचथर बस दुर्घटनामा ज्यान गुमाउने ४ पुगे, १२ जनालाई थप उपचारका लागि झापा लगियो ।



पाँचथर,८ कार्तिक । पाँचथरमा आज सोमवार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परि प्रमिला देवान, निश्चल देवान ,प्रज्वल मगर र आशिका बुढाथोकीको ज्यान गएको छ । दुर्घटनामा अन्य ६० जना घाइते भएका छन् । घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि एम्बुलेन्सबाट झापा लगिएको छ । यस्तै १६ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट धरान लगिएको छ ।

योसँग पाँचथरमा उपचार हुन नसकेर अन्यत्रै रेफर गरिएकाकोे सङ्ख्या २८ पुगेको छ । दुर्घटनाबाट घाइते भएका अन्यहरूको पाँचथर अस्पताल, पाथिभरा अस्पताल र समर्पित अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।

फिदिम–यासोक सडक खण्डअन्तर्गत सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बर को बस सरखण्डेमा दुर्घटना भएको हो । बस बिहान साढे ११ बजेको समयमा अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।  

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६