प्रदेश

कपिलवस्तुको विजयनगरमा तीन जना हैजाका विरामी भेटिए ।



कपिलवस्तु, ८ कार्तिक । कपिलवस्तुमा तीन जना हैजाका विरामी भेटिएका छन् । जिल्लाको विजयनगर गाउँपालिका वडा नं. ७ मा तीन जनामा हैजा प्रमाणित भएको जनाइएको छ । विजयनगर गाउँपालिका अध्यक्ष गोपाल थापाले पनि गाउँपालिकाका ३ जनामा हैजा देखिएको पुष्टि गर्नुभयो । हैजाको लक्षण देखिएर परिक्षण गर्दा हैजा प्रमाणित भएको भन्दै अब यसको रोकथाममा सिंगो गाउँपालिका लागेको उहाँले बताउनुभयो ।

छिमेकी स्थानीय तह कृष्णनगर र शिवराज नगरपालिकामा पनि झाडापखलाको महामारी देखिएको भन्दै यसको असर विजय नगरमा पनि परेको अध्यक्ष थापाले बताउनुभयो ।

जहाँत्यही दिसापिसाब गर्ने र दुषित पानी पिउने गर्दा यस्तो समस्या निम्तिएको उहाँले बताउनुभयो । भोलि देखि गाउँपालिका भर जनचेतनाका कार्यक्रम गर्ने योजना बनाएको उहाँले जनाउनुभयो ।

प्रकाशित : ८ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६