प्रदेश

लुम्बिनी प्रदेश सभा भवन डेढ महिना भित्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई दवाब ।



भालुवाङ,९ कार्तिक । प्रदेश सभा भवन निर्माणमा भैरहेको ढिलाईले प्रभावित हुन सक्ने देखिएपछी लुम्बिनी प्रदेश सरकारले अवको डेढ महिना भित्र प्रदेश सभा भवन निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीको ध्यानकर्षण गराएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसी स्वयम प्रदेश सभा भवन निर्माणको अनुगमनमा आएर निर्माण व्यवसायीलाई अवको डेढ महिना भित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्न आग्रह गरिसकेका छन् । जस अनुसार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल पछी निर्माण व्यवसायीले अवको डेढ महिना भित्र प्रदेश सभा भवन निर्माण गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको प्रदेश पूर्वाधार प्राधिकरणका आर्किटेक्ट ईञ्जिनियर वासु पौडेलले जानकारी दिएका छन् ।

निर्माण कम्पनीले मंसिर महिना सम्म काम सकेर हस्तान्तरण गर्छु भनेर कागज गरेको छ’उनले भने–‘काम गर्ने सेडुल बनेको छ । दिन–रात सिफ्ट अनुसार काम गर्ने हो भने सकिन्छ ।’ राप्ती उपत्यका देउखुरीमा पाँच करोड २१ लाखको लागतमा बनाउन थालेको प्रदेश सभाको भवन निर्माण कार्य सुस्ताएपछी समयमा काम सम्पन्न गर्न सरकारलाई समेत दवाव परेको थियो ।

निर्माण व्यवसायीको लापरबाहीका कारण प्रदेश सभा भवन निर्माण कार्यले गति लिन नसक्दा भवन निर्माणको काम नसकिएको हो । जसले गर्दा स्थायी राजधानीमा प्रदेश सभा बैठक डाक्ने कार्य अनिश्चित जस्तै बनेको छ । बुटवलमा बस्दै आएको लुम्बिनी प्रदेश सभाको बैठकलाई राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीमा बोलाउने योजना प्रदेश सभाको छ ।

तर, त्यही बैठक बसाल्ने प्रदेश सभाहल निर्माणले गति लिन नसक्दा हिउँदे अधिवेसनको बैठक बोलाउने योजना अनिश्चित जस्तै बनेको हो । ‘प्रदेश सभा यहींबाट सञ्चालन हुन थाल्यो भने राजधानी कार्यान्वयनको एउटा ठूलो उपलिब्ध हाँसील हुने छ । भवन निर्माणलाई तिब्र बनाउनुपर्ने छ’लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याणमन्त्री ईन्द्रजीत थारुले भने–‘प्रदेश सभा बस्न थाल्यो भने राजधानी कार्यान्वयको गती बढेर जाने छ ।’

गत बैशाख २४ गते सम्झौता गरेर काम सुरु गरिएपनि निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेका छैनन् । काम सकिने बेलामा भौतिक प्रगती जम्मा २० प्रतिशत छ ।

भवनको जग बसाल्ने काम बाहेक अन्य काम हुन सकेको छैन । प्रदेश सभा भवन निर्माण गर्ने जिम्मेवारी पाएको एमएस ड्राइगन बस्नेत जेभिले निर्माण कार्यमा ढिला सुस्ती गरेको पाइएको छ । सम्झौता भएको मितिले गत साउन ३० गते काम सम्पन्न गर्नुपर्ने थियो । प्रदेश सभा निर्माणको काम ऐतिहाँसीक र महत्वपूर्ण हो । तर, यही निर्माणको काममा ढिला सुस्ती हुनु आफैमा लज्जाको बिषय बनेको छ ।

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६