प्रदेश

काठमाडौंमा आजबाट अष्ट्राजेनेकाको दोस्रो डोज



काठमाडौं,९ कात्तिक। काठमाडौं महानगरपालिकाका आठवटै नगरपालिकामा आज कोरोनाविरुद्धको अष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै छ । पहिलो मात्रा लगाएका १८ वर्ष माथिका नागरिकहरुलाई आज दोस्रो मात्रा लगाउन लागिएको हो ।

काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा अष्ट्राजेनेकाको दोस्रो डोज लगाउन लागिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको हकमा बीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, परोपकार प्रसूति अस्पताल, निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल बाट पनि खोप लगाउन सकिने छ ।

यी अस्पतालहरुमा आज र भोलि दुई दिन खोप कार्यक्रम राखिएको छ । पालिकाले तोकेका खोप केन्द्रहरुमा भने आजबाट तीन दिनसम्म खोप कार्यक्रम सन्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको दोस्रो मात्रा लगाउन जाँदा पहिलो मात्रा खोप लगाउँदा दिइएको खोप कार्ड बोक्नुपर्ने हुन्छ ।

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६