प्रदेश

केन्द्रिय तथा प्रदेश नेताबाट कपिलवस्तुका दश पालिकाको उद्घाटन ।



कपिलवस्तु, कात्तिक ९ । देशका ७ सय ५३ पालिकाको उद्घाटन संगै कपिलवस्तुका दश पालिकाको उद्घाटन पनि केन्द्रिय तथा प्रदेश तहका नेताबाट मंगलबार सम्पन्न भएको एमाले जिल्ला प्रचार विभागले जनाएको छ । 

शिवराज नगरपालिकाको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै एमालेका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश कमिटीका सहईचार्ज गिरधारीलाल न्यौपनेले एमाले प्रति जनलहर दिनप्रतिदिन बढदै गएको बताउनु भयो । त्यस्तै करिव ४ हजार पार्टी सदस्य रहेको एमाले वाणगंगा नगरपालिकाको प्रथम नगर अधिवेशनको उद्घाटन गर्दै एमालेका केन्द्रिय सदस्य, कपिलवस्तु इन्चार्ज एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले जनअपेक्षा पुरा गर्ने दिशामा पार्टीका नीति, कार्यक्रम निर्माण गर्दै विकासका एजेण्डामा पार्टी कमिटी र कार्यकर्ताले ध्यान पु¥याउनुपर्नेमा जोड दिनु भयो ।  

कृष्णनगर नगरपालिकाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश कमिटीका कार्यालय सचिव बलराम अधिकारीले मधेशी जनताको समस्या प्रति एमाले सधै जिम्मेवार रहेको बताउनु भयो । 

एमाले बुद्धभूमि नगरपालिकाको उद्घाटन गर्दै एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एमालेको सही बिचारका कारण नेपालमा कम्युनिष्ट पार्टी लोकप्रिय बन्दै गएको धारणा राख्नु भयो । 

त्यस्तै मायादेवी गाउँपालिकाको उद्घाटन एमाले नेता तथा प्रदेश सभा सदस्य विष्णु पंथीले राष्ट्रको विकास प्रति एमालेको दुरदृष्टि रहेको धारणा राख्नु भयो ।   

महाराजगञ्ज नगरपालिकाको उद्घाटन गर्दै एमाले केन्द्रिय सल्लाहकार इन्द्रमणी पौडेलले चुस्त संगठनबाट मात्र जनताका समस्या समाधान गर्न संभव हुने बताउनु भयो ।  

कपिलवस्तु नगरपालिकाको उद्घाटन गर्दै एमाले केन्द्रिय सल्लाहकार टिकाराम अर्यालले सबै जात जाति वर्ग समुदायको संरक्षण एमालेले गर्ने बताउदै आगामी निर्वाचनमा एमालेले मधेशमा आफ्नो बलियो उपस्थिती जनाउने बताउनु भयो । 

त्यस्तै यशोधरा गाउँपालिकाको उद्घाटन गर्दै  एमाले केन्द्रिय सल्लाहकार काशिराम बेल्बासेले भूमिहिन, विपन्न, गरिव जनताका पक्षमा एमाले निरन्तर लडने बताउदै मधेशका समस्या समाधान प्रति एमालेको स्पष्ट्र दृष्टिकोण रहेको धारणा राख्नु भयो । 

शुद्धोधन गाउँपालिकाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्ण पौडेलले मधेशी जनताको समृद्धिको चाहना एमालेबाट पुरा हुने बताउनु भयो । त्यस्तै विजयनगर गाउँपालिकाको उद्घाटन गर्दै एमाले  केन्द्रिय सल्लाहकार साधुराम खनालले एमालेबाट मात्र जनचाहना पुरा हुने जिकिर गर्नु भयो । 

प्रकाशित : ९ कार्तिक २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६