प्रदेश

राजिनामा दिन चौतर्फी दबाव परेको बेला प्रधानन्यायाधीश जबराले राजनीतिक भागडबन्डामा भाग खोजेको आरोपबारे खण्डन



काठमाडौं ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले न्यायलायमा भएको विवादबारे प्रतिक्रिया दिएका छन् । राजीनामा दिन चौतर्फी दबाव परेको बेला प्रधानन्यायाधीश जबराले राजनीतिक भागडबन्डामा भाग खोजेको आरोपबारे पनि खण्डन गरेका छन् ।

विवादमा परेका प्रधानन्यायाधीश जबराको राजीनामाको माग भइरहेका बेला राजीनामा दिन आफू तयार नरहेको अडान व्यक्त गर्दै बरु महाभियोगको सामना गर्न तयार रहेको आत्मविश्वास प्रकट गरेका छन् ।

‘यो सबै भ्रामक झुटा हो । अहिले न्यायपालिकाले जुन किसिमले हाइट लिइरहेको थियो, जुन किसिमको जनविश्वास आर्जन गरिरहेको थियो । त्यसलाई धरासयी पार्ने उदेश्यले त्यसलाई षडयन्त्रमुलक पूर्व प्रधानन्यायाधीशदेखी लगायत सबै पत्रपत्रिकामा भ्रामक छापिएको हो ।’ उनले भने, ‘मेरो कारणले यो कदापी भएको छैन ।’

‘सर्वोच्चकै न्यायाधीशहरुले तपाईको राजीनामा दिन माग गरिरहेक छन् । इजलासमा बस्न अस्वीकार गरिरहेका छन् । अब तपाईले कसरी न्यायपालिका चलाउनु हुन्छ ?’ भन्ने प्रश्नमा उनले भने, ‘यो धारणा एकदमै गलत हो । वाहाँहरुले छलफल गरिरहनु भएको छ । तर, छलफलको मतल वहाँहरुले राजीनामा माग्ने, निकास माग्ने विषय वस्तू नै होईन ।’ उनले आज बीबीसी नेपालीसँग अन्तरवार्ता दिँदै भने, ‘हामी संविधानबादमा आधारित न्यायपालिका हो ।’

न्यायाधीशहरुले संविधान विपरित आफ्नो राजीनामा माग्ने कुरा दायित्व र कर्तव्यभित्र नपर्ने प्रतिक्रिया दिएका छन् । ‘अब न्यायाधीशरुले संविधानभन्दा गैर संवैधानिक विपरितको आफ्नो नेतृत्वको राजीनामा माग्छन्, निकास माग्छन् भन्ने कुरा मलाई यो कदापी लाग्दैन । त्यो वहाँहरु दायित्व र कर्तव्यभित्र पर्दैन । यस्तो गर्नुभयो भने यो आचरणहिन क्रिया हो, यसलाई जनताले दण्डित गर्छ’, उनले भने ।

उनले आफु महाअभियग सामना गर्न तयार रहेको तर राजीनामा दिनु भने अस्वीकार गरेका छन् । ‘म प्रष्ट छु विधि र प्रतिक्रियाबाट आएको हुँ । म विधि र प्रक्रियाबाट जान तयार छु तर, कसैको दबाद कसैको प्रभाव कसैले नारा र जुलुस गरेर देशको प्रधानन्यायाधीशलाई हटाउने भन्ने कुरा यो अराजकता हो, यो गैर जिम्मेवार हो र गैर कानुनी र गैर संवैधानिक हो’, उनले भने ।

यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड लगायतसँगको भेटबारे पनि उनले प्रतिक्रिया दिएका छन् । उनले दशैं तिहारमा सुभकामना अदान प्रदान गर्ने सद्भाव रहेकोले त्यसैकारण आफुलाई सुभकामना दिनु भेटभएको बताएका छन् ।

प्रधानन्यायाधीशले मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना भइरहेको छ । सर्वोच्च अदालत र सरकारका प्रवक्ताले त्यसको आरोप अस्वीकार गरिसकेका छन् । भने उनको मागअनुसार बनाइएका भनिएका मन्त्रीले पदबाट राजीनामा पनि दिइसकेका छन् ।

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालतकै न्यायाधीश अनि अवकाशप्राप्त कतिपय प्रधानन्यायाधीश र न्यायाधीशहरूले पनि जबराको राजीनामा दिनुपर्ने बताएका छन् । प्रधानन्यायाधीश जबरा पछिल्लो समय मन्त्रिपरिषद्‌मा भाग मागेकोलगायतका विषयका कारण विवादमा तानिएका छन् ।

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६