प्रदेश

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको छिनोफानो आज ।



काठमाण्डौ, १० कार्तिक । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि दिउँसो १ बजे वाग्मती प्रदेशसभा बैठक बस्दै छ ।

मतदानका लागि सत्तापक्ष र प्रतिपक्षलाई छुट्टाछुट्टै कक्षको व्यवस्था मिलाइएको र अधिकृतसहितका कर्मचारी खटाइने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो । मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गएको ४ गते प्रदेशसभामा टेबुल गरिएको थियो । विश्वासको मतका लागि ५५ सांसद चाहिन्छ । प्रदेशसभामा अहिले सत्तापक्ष एमालेका ४३ सांसद छन् । विपक्षी गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्टीका १ सांसद छन् । त्यसबाहेक विवेकशील साझाका ३, नेपाल किसान मजदुर पार्टी ९नेमकिपा० र राप्रपाका २ जना छन् ।

विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताइसकेको छ । नेपाल मजदुर किसान पार्टी र राप्रपाले भने कुनै प्रतिक्रिया दिएका छैनन् । एमालेलाई साना दलले साथ दिंदा पनि सरकार टिकाइ राख्न आवश्यक मत नपुग्ने भएकाले शाक्य नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै छ । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि बढाउने निर्णय गरिसकेको छ ।

वाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति छ । एमालेका १३ सांसदले नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्नु भएको हो । उहाँ गएको भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्नु भएको थियो । 

प्रकाशित : १० कार्तिक २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६