कपिलवस्तु, १० कार्तिक । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको माँयादेवी गाउँपालिका ८ जिग्निहवा बस्ने ५२ वर्षीया मालती बर्गाहको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो । आफ्नै घरको विद्युतको बोर्डको स्विच दबाउने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
१० कार्तिक २०७८, बुधबार
प्रतिक्रिया