जीवनशैली

विश्वभरबाट अनलाइनमार्फत अवैध सामग्रीको खरिद तथा बिक्री गर्ने १५० जना पक्राउ



काठमाडौं, १० कात्तिक । विश्वभरबाट अनलाइनमार्फत अवैध सामग्रीको खरिद तथा बिक्री गर्ने १५० जना पक्राउ परेका छन् ।        
युरोपोलका अनुसार अनलाइन कारोबारबारे गरिएको अहिलेसम्मकै ठूलो कारबाहीको क्रममा उनीहरु पक्राउ परेका हुन् । डार्कहन्टोर नाम दिइएको यो अपरेसनको क्रममा लाखौं युरो बराबरको नगद र बिटक्वाइनका साथै लागूऔषध र बन्दुक पनि बरामद गरिएको छ ।

यस्ता कार्य कुनै विशेष ब्राउजिङ सफ्टवेयरबाट मात्र चल्ने ‘डार्क वेब’ को माध्यमबाट हुने गर्छ । त्यसैले प्रहरीलाई पनि यस्ता गतिविधिको निगरानी गर्न निकै कठिन हुन्छ । यद्यपि यससँग सम्बन्धित मानिस र सरकारी सेन्सरसिपसँगको सहयोगमा यस्ता कार्य रोक्न सकिने युरोपोलले बताएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अहिले पक्राउ पर्नेमा सबैभन्दा धेरै अमेरिकाका ६५ जना मानिस छन् । त्यस्तै जर्मनीमा ४७ जना पक्राउ परेका छन् भने बेलायतमा २४ जना पक्राउ परेका छन् । इटाली र नेदरल्याण्ड्समा समान चार-चार जना पक्राउ परेका छन् ।

अवैध कारोबार हुने गरेको खुलेसँगै इटालीको प्रहरीले ‘डीपसी’ र ‘बर्लुस्कोनी’ मार्केटप्लेस बन्द गरेको छ । युरोपोलका सहायक निर्देशकले यसले यस किसिमको कार्य रोक्न विश्वभरको कानुन कार्यान्वयनको निकाय एक हुनुपर्ने बताएका छन् । एजेन्सी

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६