काठमाडौँ १० कात्तिक ।सिंहदबार भित्र गोली चलेको छ । यद्यपि कसैलाई लागेको छैन ।बुधबार दिउँसो राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो ।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार राष्ट्रियसभाकी उपाध्यक्षका शशीकला दाहालका पिएसओको पेस्तोल खसेर पड्किएको हो ।
संसद् सचिवालयको दुई नम्बर भवनमा घटना भएको र कुनै क्षति भएको उनले बताए ।








प्रतिक्रिया