मुम्बई ११ कार्तिक — भिजे तथा मोडेल अनुशा दान्डेकरले व्यापक चर्चाका बीच अब बिगबोस १५ मा प्रवेश गर्ने बताएकी छन् । उनले हालै भिडियो सन्देशमार्फत यस्तो बताएकी हुन् । यसअघि नै उनी बिगबोसमा प्रवेश गर्नेबारे अपुष्ट खबर आए पनि उनले अस्वीकार गर्दै आएकी थिइन् ।
बिगबोसमा अनुशाको ‘वाइल्ड कार्ड इन्ट्री’को खबरसँगै सुरुदेखि नै बिगबोसमा रहँदै आएका करण कुन्द्राबारे पनि व्यापक चर्चा परिचर्चा हुन थालेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार करण र अनुशा पछिल्लो केही वर्षयता प्रेममा थिए । तर पछिल्लो समय उनीहरु टाढिएका छन् ।
लभ स्कुलका होस्टसमेत रहेका करण र अनुशाबीच बिगबोसमा कस्तो सम्बन्ध रहला भन्नेबारे बिगबोसका दर्शकहरूले सामाजिक सञ्जालमा चासो देखाउन थालेका छन् । जबकि करणले यसअघि नै दिएको अन्तर्वार्तामा बिगबोसको घरभित्र अनुशासँगै रहन आफूलाई समस्या नहुने प्रतिक्रिया दिएका थिए ।








प्रतिक्रिया