प्रदेश

कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन ।



काठमाण्डौ, ११ कार्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ । प्राधिकरणले आज बिहीवार सूचना प्रकाशन गरेर नेपाल विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो । विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी गरी पोल भाडा सम्झौता गर्न सेवा प्रदायक कम्पनीलाई गएको असोज १५ गतेसम्मको समय दिएको थियो । प्राधिकरणले दिएको समयमा सेवा प्रदायक कम्पनीले बक्यौता रकम भुक्तानी नगरेपछि गएको असोज १७ गते काठमाण्डौ उपत्यकालगायतका जिल्लामा इन्टरनेटको तार काटिएको थियो ।

यता इन्टरनेट सेवा प्रदायक कम्पनीले भने प्राधिकरणले आफूखुसी पोलको भाडा बढाएको भन्दै बढेको भाडा भुक्तानी नगर्ने अडान राख्दै आएका छन् । सेवा प्रदायकले बक्यौता रकम र नयाँ सम्झौता नगर्ने अडान राख्दै आएकोमा नियामक निकायको रूपमा रहेको दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र सम्झौता गरिसक्न निर्देशन दिएको हो । प्राधिकरणको तथ्याङ्कअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीले सात करोड सात लाख रुपैयाँ बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी  छ । 

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६