प्रदेश

गुल्मीका २ पालिकामा एमालेको अधिवेशन हुन सकेन ।



गुल्मी,  ११ कात्तिक । गुल्मीको दुई स्थानीय तहमा नेकपा एमालेको अधिवेशन हुन सकेको छैन । जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकामा नेतृत्वमा दावी धेरैको भएपछि अधिवेशन हुन नसकेको हो ।

एमालेको गाउँ, नगर अधिवेशनका लागि एकै दिन कात्तिक ९ गतेका लागि मिति तोकिएको थियो । तोकिएको मितिमा १० वटा स्थानीय तहमा मात्र अधिवेशन भयो । बाँकी रहेका स्थानीय तहमध्ये रेसुङ्गा नगरपालिका बिहीबार मात्रै सहमतिमा नेतृत्व चयन भएको छ । सम्पन्न भएका स्थानीयहरुमा रेसुङ्गा नगरपालिकामा हरि पोखरेल, रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा फर्सुराम ज्ञवाली, छत्रकोट गाउँपालिकाको अध्यक्षमा पिताम्बर अर्याल, कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा रामजी ढकाल, सत्यवती गाउँपालिकाको अध्यक्षमा भीमलाल पाण्डे चयन भएका छन् ।

त्यस्तै चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा धाचानन्द शर्मा, गुल्मी दरवार गाउँपालिकाको अध्यक्षमा कृष्ण खनाल, मुसीकोट नगरपालिकाको अध्यक्षमा प्रकाश काफ्ले, मालिका गाउँपालिकाको अध्यक्षमा ओम कार्की र इस्मा गाउँपालिकाको अध्यक्षमा राजेन्द्रबिक्रम कुँवर चयन भएका छन् । ९ वटा स्थानीय तहमा सर्वसम्मत र इस्मा गाउँपालिकामा निर्वाचन मार्फत पदाधिकारी चयन भएका हुन् । अधिवेशन हुन बाँकी रहेका स्थानीय तहहरुमा नेतृत्वका लागि छलफल जारी रहेको नेकपा एमाले गुल्मीले जनाएको छ ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६