दाङ, १२ कात्तिक । रुकुम पश्चिममा एक बालिका माथी बलात्कार भएको घटना सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार जाजारकोट नलगाड नगरपालिका १ बस्ने अन्दाजी १४ बर्षिया बालिका माथी गत बुधवार राती आठ बजे बलात्कार भएको हो । ती बालिका बाँकीज्युउला मेला हेर्न गएको समयमा रुकुम पश्चिम आठबिसकोट १४ बस्ने २६ बर्षिय झलक जैसीले बलात्कार गरेको प्रहरीले बताएको छ ।
पिडितले बालिका माथी बलात्कार भएको भन्दै जैसी विरुद्ध प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शर्माले जानकारी दिनुभयो । आरोपित युवक भने फरार रहेको उहाले जानकारी दिनुभयो । बालिकाको अत्यधिक रक्तश्राव भएकाले थप उपचारका लागी बाँकेको नेपालगन्ज रिफर गरिएको छ । फरार युवकको खोजी कार्य भईरहेको उहाले जानकारी दिनुभयो ।








प्रतिक्रिया