प्रदेश

केपी शर्माओलीले थाइल्याण्ड र इटली लगायतका देशबाट महंगा सामान भित्र्याएको रहस्य खुल्योः प्रचण्ड



काठमाण्डौं, १२ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्माओलीले थाइल्याण्ड र इटली लगायतका देशबाट महंगा सामान भित्र्याएको रहस्य खुलेको बताएका छन् । शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीले आफुले कहिल्यै बालुवाटार छोड्न नपर्ने सोचेर प्रधानमन्त्री निवास र सचिवालय बनाउने क्रममा महंगा विदेशी सामान ल्याएर थुपारेको भेटिएको बताएका हुन् ।

‘केपी ओलीले बालुवाटारमा इटली र थाइल्याण्डका महंगा सामान ल्याएर थुपारेका रहेछन् । प्रधानमन्त्री शेरबहादुर देउवा र म छक्क नै पर्यौ ती सामान देखेर’, प्रचण्डले भने, ‘अर्बौका महंगा सामान ल्याएर थुपार्ने ओलीलाई जनताले चिन्नुपर्यो ।’

ओलीले आफुले बालुवाटार छोड्नु नै पर्दैन भन्ने सोचेर त्यस्ता महंगा सामान थुपारेको भन्दै उनले राजकीय सान देखाएको समेत बताए । ‘उनलाई त म राजा नै भएँ भन्ने लागेको रहेछ’, प्रचण्डको भनाइ छ । 

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६