कपिलवस्तु कार्तिक ११ । यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहकार्यमा सञ्चालन भईरहेको कोभिड १९ प्रतिकार्य कार्यक्रम परियोजनाको समिक्षा बैठक दाङको भालुवाङमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका सबै पालिकामा यूनिसेफ नेपाल र सिद्धार्थ सामाजिक बिकास केन्द्रको सहकार्यमा बिभिन्न परियोजना केन्द्रित कामहरु भईरहेका छन ।. उक्त कामहरुको उपलब्धी,चुनौती ,सिकाईहरुका बिषयमा बिस्तृत २ दिने छलफल गरिएको हो । समुदायमा काम गर्दाका उपलब्धी र अनुभवहरुलाई बैठकमा प्र्रस्तुत गरिएको थियो । भने आगमी दिनमा गरिने कामहरुका बिषयमा कार्ययोजना बनाईएको थियो । संगै क्षमता बिकास सम्बन्धी बिषयबस्तुलाई पनि बिभिन्न परियोजना र कार्यक्रम जोडिएका सामाजिक परिचालकहरु समक्ष जोडिएको थियो ।
कार्यक्रममा सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेले बिपद बेला भइरहेका काम ,बिद्यालय भर्ना ,पोषण ,किशोरकिशोरीहरुको लागि गरिएको कार्यक्रम ,बालबालिकाका लागि गरिएका कार्यक्रम लगाएत अन्य कार्यक्रममा भएको बजेट र खर्चको बिवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्यले आगमी दिनमा संस्थाले थप रचनात्मक र सामाज रुपान्तरणमा टेवा पुग्ने खालका कार्यक्रमलाई जोड्दै अघि बढने बताउनुभयो ।
संस्थाका कामलाई थप ब्यवस्थापन गर्दै जाने बताउदै सिकाउने ,टिकाउने र बिकाउने अभियानमा लाग्न सबैमा सुझाव समेत दिनुभयो । बैठकमा युनिसेफ नेपालबाट माधब बराल ,प्रकाश कैनी ,बाणगंगा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख शुसिला पन्थ , सिद्धार्थ सामाजिक बिकास केन्द्रका उपाध्यक्ष सुर्यकुमारी शाही ,कार्यसमिति सदस्य चेतना अधिकारी ,ईन्दिरा भट्राई लगाएत संस्थामा आवाद्ध बिभिन्न परियोजनामा काम गर्ने कर्मचारीहरुको उपस्थिती रहेको थियो । २ दिनसम्म सञ्चालन भएको बैठकमा प्रदेशका १२ वटा जिल्लाका कोभिड १९ प्रतिकार्य कार्यक्रम परियोजनामा आवाद्ध भएका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया