कपिलवस्तु, कात्तिक १२ । कपिलवस्तुमा ९२ ग्राम ब्राउन सुगर (खैरो हिरोइन) सहित एक जना पक्राउ परेका छन् । बिहिबार जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ चाकरचौडाबाट वाणगंगा ८ धनेशपुर निवासी २७ वर्षिय विजय खत्री पक्राउ परेका हुन् ।
दिउँसो भारतबाट ठूलो परिमाणमा लागु औषध लिई नेपाल आइरहेको भन्ने गोप्य सुचनाको आधारमा सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरी टोलीले चेकजाचँको क्रममा उनलाई पक्राउ गरेको हो । खत्रीलाई खान तलासी गर्दा उनले लगाएको भित्री वस्त्रभित्र कालो प्लास्टिकको पोकामा ९२ ग्राम ४ मिलिग्राम लागु औषध ब्राउन सुगर (खैरो हिरोइन) बरामद गरिएको थियो ।
खत्रीलाई पक्राउ गरि लागु औषध मुद्धामा म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तु प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिएका छन् ।
प्रतिक्रिया