प्रदेश

बाणगंगाका होटल रेष्टुरेन्ट तथा नास्ता पसलहरुमा नगरको छड्के अनुगमन ।



हरि घिमिरे, १२ कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिकाले बजार अनुगमन गरेको छ । नगरले नगरभित्र रहेका विशेष गरेर होटल रेष्टुरेन्ट तथा नास्ता पसलहरुको शुक्रबार आज छड्ने अनुगमन गरेको हो । बाणगंगाका ओदारी, चारनम्बर, पिपरा, बैरीया क्षेत्रमा संचालित करिब ३० बढी पसलमा अनुगमन गरिएको नगरका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनालले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा अधिकांश पसलले जनताको स्वास्थ्यमा असर गर्ने खालका खाद्यान्न राखेको पाइएको छ । अनुगमन गर्दै जादाँ फोहोर, बासी तथा सडेगलेका खानेकुरा फेला पारिएको हो । अधिकांश पसलहरु नगरमा दर्ता तथा नवीकरण नगरि संचालन भएका, फोहोर खानेकुरा राखिएका, मूल्य सुची टास नगरेका पसलहरुलाई एक हप्ता भित्र प्रक्रिया पुरा गरि संचालन नगरे नगरले कारबाही प्रक्रिया अगाडि बढाउने उहाँले चेतावनी दिनुभएको छ ।

उहाँले आम नागरिको स्वास्थ्यसंग खेलवाड गर्ने छुट कसैलाई नभएको भन्दै स्वस्थ्यपूर्ण जीवन यापनका लागी स्वस्थ्य खाद्यान्नलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ । अनुगमनका क्रममा व्यवसायिले बाटोमा बेच्ने सिजनेवल पसलेहरुल गर्दाे सटर भाडामा संचालन गरेका व्यवसयि मर्कामा परेको गुनासो गरेका थिए । त्यस्तालार्ई नगरले ध्यानदिनुपर्ने उनिहरुको भनाई छ ।

अनुगमनमा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल, बाणगंंगा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टाराई, राजश्व फाँट प्रमुख मदन घिमिरे, कृषि विकास साखा प्रमुख लेस बहादुर के.सि.,नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख सुशिला पन्त, विभिन्न शाखाका प्रमुख तथा पदाधिकारीसंगै पत्रकारको सहभागिता रहेको थियो । 

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६