अर्थ-वाणिज्य

एमालेको १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढयो



काठमाडौं, १२ कात्तिक । नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ । आज (शुक्रबार) बसेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा हुने राष्ट्रिय महाधिवेशनका लागि स्थायी कमिटीले गरेको प्रस्तावमा छलफल पछि (१,५३६) लाई बढाएर १,९९९ पुर्‍याएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बिहीबार बसेको स्थायी कमिटीले १,५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो । तर, केन्द्रीय कमिटीमा नेताहरुले संख्या बढाउन माग गरेपछि उक्त संख्या बढेको हो । त्यस्तै शुक्रबारको बैठकले महाधिवेशन मुल व्यवस्थापन समितिमा दुई जना थपेर २३ सदस्यीय बनाएको छ । नयाँ थप भएका सदस्यहरूमा नेता रघुजी पन्त र शेरबहादुर तामाङ थपिएका छन् ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६