प्रदेश

प्रेस सेन्टर नेपाल कपिलवस्तुको बैठक सम्पन्न,स्थानीय तहमा जिम्मेवारी ।



कपिलवस्तु, १२ कार्तिक । प्रेस सेन्टर नेपाल कपिलवस्तुको बैठक सम्पन्न भएको छ । जिल्लाको तौलिहवामा बसेको बैठकले सङ्गठनलाई मजवुद बनाउन जिम्मेवारी सहित विभिन्न निर्णय गरेको छ । प्रेस सेन्टर नेपाल कपिलवस्तुको जिल्ला कार्यसमितिमा ४ सदस्य थप गरी २१ सदस्यतालाई पूर्णता दिएको छ । जसमा माया बस्नेत, प्रभाव न्यौपाने,सुरेश कुमार पाण्डे र निश्चल विकलाई सदस्यमा मनोनीत गरिएको जिल्ला उपाध्यक्ष भूपाल थापाले बताउनुभयो ।

त्यस्तै बैठकले जिल्लामा रहेका दश वटै स्थानीय तहमा पाटी नेतृत्व सँग सहकार्य गरी कार्यभार सम्हाल्ने गरी जिम्मेवारी प्रदान गरिएको छ । कृष्णनगर नगरपालिकामा मनिस गुप्ता र अनेक पाण्डे,बिजयनगर गाउँपालिकामा प्रभाव न्यौपाने र दीपक भण्डारी,शिवराज नगरपालिकामा सूर्य गुरुङ,बुद्धभुमि नगरपालिकामा कल्याणी खनेल,महाराजगन्ज नगरपालिकामा माधव बेल्वासेलाई जिम्मेवारी दिएको छ । त्यस्तै कपिलवस्तु नगरपालिकामा विक्रम विक र रचना खासु मगर,यशोधरा गाउँपालिकामा अजय शाहनी,शुद्धोदन गाउँपालिकामा राजेन्द्र खनाल,मायादेवी गाउँपालिकामा भूपाल थापा र वाणगंगा नगरपालिकामा पीताम्बर घिमिरे (हरि)लाई जिम्मेवारी प्रदान गरिएको सेन्टरका अध्यक्ष अर्जुन बेल्वासेले बताउनुभयो । 

बैठकले सेन्टरमा आबद्ध रहेका कतिपय सदस्यहरू विषयमा सामाजिक सञ्जालमा आएका टिका टिप्पणीको विषयमा बुझ्न जिल्ला इन्चार्ज डिलाराम भुसालको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरिएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सचिव सरोज खनालले सेन्टरमा आबद्ध पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नुपर्ने जोड दिनुभयो । पत्रकारहरू सक्षम भएमा गतिविधिलाई जनता माझ पु¥याउन र जनताका कुरा माथिल्लो तहमा ल्याउन सहज हुने जिकिर गर्नुभयो । केही समय  पत्रकार सङ्गठन निष्क्रिय जस्तो देखिएकोले अब नयाँ नेतृत्व आएकोले सङ्गठन सँगै पत्रकारहरूलाई मजबुत बनाउनुपर्ने बताउनुभयो । सख्यामा थोरै भए पनि गुणस्तर भएमा केही फरक नपर्ने भएकोले सङ्ख्यात्मक भन्दा गुणस्तरमा ध्यान दिन सुझाव दिनुभयो । जिल्ला इन्चार्ज डिलाराम भुसाल,पत्रकार महासङ्घ उपाध्यक्ष श्वेता गिरीले सङ्गठन विस्तार र पत्रकारहरूको विषयमा धारणा राख्नुभएको थियो । प्रेस सेन्टर कपिलवस्तुका अध्यक्ष अर्जुन बेल्वासेको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष कल्याणी खनेलको स्वागत र माधव बेल्वासेको संचालनमा सम्पन्न भएको छ ।

प्रकाशित : १२ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६