कपिलवस्तु, कार्तिक १२ । कपिलवस्तु उद्योग वाणिज्य संघले करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघले शुक्रबार आज आन्तरिक राजस्व कार्यालय कृष्णनगर, घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा र बाणगंगा नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालयका प्रमुख दिनेश पाण्डेले आम नेपालीले स्वदेशमा नै केही व्यवसाय गर्नुपर्ने र त्यो वातावरण सरकारले तयार गर्न प्रतिवद्धता जनाउन सक्नुपर्ने बताउनुभयो । राज्यलाई व्यवसायीले बर्षेनी लाखौं कर तिरेको तर व्यवसायीलाई राज्यले सोही अनुरुप सेवा प्रदान गर्न नसकेको उहाँको भनाई छ ।
कार्यक्रममा व्यवसायीहरुलाई आन्तरिक राजश्व कार्यालयका कर अधिकृत सुर्यप्रसाद चापागाईले व्यवसायीका विभिन्न समस्याहरु माथि प्रकाश पार्दै सदस्याहरुको समाधानका बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा उहाँले हाल जिल्लामा देखिएका तथा आउने गरेका व्यवसायीको समस्याको प्रकृतिलाई प्रष्ट पार्नुभयो ।
कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले यस्ता कार्यक्रम आयोजना गर्दा आम व्यवसायीहरुले विभिन्न कर छुट तथा परिवर्तित कर प्रणालि लगायतको विषयमा ज्ञान हासिल गर्न सक्ने बताउनुभयो । अध्यक्ष घिमिरेले आगामी दिनमा पनि व्यवसायीको मागलाई मध्येनजर गरि व्यवसायीलाई फाईदा पुग्ने खालका विभिन्न कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
संघको सभाहल चारनम्बरमा भएको कार्यक्रममा सम्पूर्ण साना तथा ठूला करदाता उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थित रहेकोे संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया