दाङ, 13कात्तिक । दाङको तुलसीपुरबाट शुक्रबार दिउँसै नेकपा एमाले र कांग्रेसका नेतासहित ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । एमालेका नेता मानबहादुर रावत पक्राउ परेका हुन् । तुलसीपुर ११ उरहरीका रावत एमाले प्रदेश कमिटी सदस्य र दाङ निर्वाचन क्षेत्र नं. ३ का इञ्चार्ज हुन् ।. तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरास्थित बासु आचार्यको खाली टहराको घरमा शुक्रबार अपरान्ह ४ बजेतिर कौडा खेलिरहेको अवस्थामा छापा हान्दा रावतसहित ८ जनाको साथबाट करिब दुई लाख नगद र केही कागजात पनि बरामद भएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राखिएको छ ।
१२ कार्तिक २०७८, शुक्रबार








प्रतिक्रिया