जीवनशैली

चुनाव आउँदैछ र यो चुनाव आउँछ जान्छ भन्ने मात्रै ठानिएको छ त्यो सही हैन: पुष्पकमल दाहाल



चितवन 13 कार्तिक/  पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आउँदो चुनाव पनि चितवनबाटै लड्ने भनाइ दोहोर्‍याएका छन् ।

शुक्रबार बिहान भरतपुरमा आयोजित चाडपर्वहरुको शुभकामाना आदानप्रदान र कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले भने, ‘चुनाव आउँदैछ र यो चुनाव आउँछ जान्छ भन्ने मात्रै ठानिएको छ भने त्यो सही हैन । यहाँ ठूलो लडाइँ हुँदैछ । महाभारत हुँदैछ ।’

देशका केही मान्छेले माओवादी सखाप नपारेसम्म यो देशमा केही पनि हुँदैन भन्न थालेको हुँदा सजग सचेत रहन उनले कार्यकर्तालाई अपिल गरे । ‘माओवादी सखाप पार्ने भनेको के हो ? त्यो भनेको संघीय लोकतान्त्रिक गणतन्त्र सखाप पार्ने हो । उत्पीडितले पाएको सीमित अधिकार खोस्ने र उनीहरुको तन्त्र लाद्ने हो ।            यो महाभारत यो कुरुक्षेत्र हुन लागेको चितवनमा कल्ले जित्ने हो ? कौरवले कि पाण्डवले हेर्नु छ,’ दाहालले भने । कुरुक्षेत्र हुने भनेको हिंसा अशान्ति हुने हो भन्ने अर्थमा नबुझ्न उनले पत्रकारहरुसँग अपिल पनि गरे 

आगामी चुनावमा माओवादी पार्टी परास्त हुनु भनेको राष्ट्र परास्त हुने स्थिति आउन उनले बताए । एमालेले बुटवलमा गर्ने भनेको राष्ट्रिय महाधिवेशन चितवनमा सारेर केपी ओलीले आफूलाई प्रहार गर्न खोजेको उनले बताए । ‘एमालेले चितवनमा महाधिवेशन गर्ने भएपछि अब प्रचण्ड भाग्छ र बर्दिया जान्छ कि कालिकोट जान्छ भनेर काठमाडौंमा भनियो । मैले अस्ति पनि भनेँ, म कहीँ जान्न । म चितवन छोड्दिनँ । म भाग्ने मान्छे हुँदै होइन,’ दाहालको भनाइ थियो ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६