जीवनशैली

बार परिसमा अधिवक्ताहरु बिच कुटाकुट



काठमाडौं  नेपाल बार एसोसिएसनको परिसमा अधिवक्ताहरु बिच कुटाकुट भएको छ।अधिवक्ता भूमिनन्द चुडाँल कुटिएका छन्।अर्का अधिवक्ता विराट न्यौपानेले आफूलाई पिटेको चुडाँलले आरोप लगाएका छन्। इजलास निरन्तर हुनुपर्ने र न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएपछि आफूलाई पिटेको चुडालको आरोप छ।

‘मिडियामा न्यायालय विरुद्धमा किन बोलिस र द्वन्दकालका मुद्दा किन हेरिस भन्दै हात हाले मेरो कोट पनि च्यात्तिएको छ। बहस गर्न आएको थिएँ।

अब म कानुनी प्रक्रियामा जान्छु,’ चुडाँलले भने। यद्यपि उक्त घटनाको भिडियोमा चुडाँल पनि हातपातमा उत्रिएको देखिन्छ।कुटपिटमा उत्रने दुबै कांग्रेस निकट डेमोक्रेटिक लयर्स् एसोसियनमा आवद्ध छन्।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६