प्रदेश

माओवादी आन्दोलनलाई एकीकृत गर्दै अगाडि बढ्नुपर्छः मुख्यमन्त्री के.सी.



कात्तिक १३, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह–इन्चार्ज कुलप्रसाद केसीले ‘सोनाम’ ले नेपालको परिवर्तन माओवादी जनयुद्धकै जगमा भएको बताउँदै यी उपलब्धीहरुलाई रक्षा गर्नका लागि माओवादी आन्दोलनलाई एकीकृत गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । यस्तो विचार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपेन्देहीले आयोजना गरेको राजनीतिक प्रशिक्षण कार्यक्रममा बताउनुभएको हो ।

उहाँले भन्नुभयोः–“जनयुद्धको जग र १९ दिने जनआन्दोलन, मधेश आन्दोलन साथै उहाँले पार्टीको नेतृत्वमा सरकारकार रहेकोले पार्टीको दृष्टिकोण र विचारका आधार सँगै गठबन्धनको समर्थनमा नै आफ्नो नेतृत्वमा सरकार चलिरहेको बताउनुभयो । उहाँले माओवादी आन्दोनलाई प्रगितामीहरुले घेरा बन्दी गरिरहेको बताउँदै अब माओवादी आन्दोनलाई एकीकृत गर्नु पर्ने बताउनुभयो । साथै उहाँले माओवादी कम्युनिष्टहरुले विगतको युद्धका रणनैतिक उद्देश्यलाई पुर्ति गरी आम जनतालाई समाजवाद उन्मुख गर्नका लागि माओवादीको आगामी महाधिवेशनमा विचार र नेतृत्वको सवालमा व्यापक छलफल गरी अगाडि बढाउनु पर्ने भयो ।

उहाँले माओवादी आन्दोनलाई विकास गर्नका लागि हालको माओवादी केन्द्रका नेतृत्वले अझै मेहनत गर्नुपर्ने बताउँदै त्यसलाई महाधिवेशनबाट विचार र नेतृत्वको प्रश्नलाई शष्लेषण गर्नुपर्ने बताउनुभयो । माअ‍ोवादी केन्द्रका लुम्बिनी प्रदेशका सह इन्चार्ज समेत रहनुभएको कुलप्रसाद केसीले जनयुद्धको जगमा नै वर्तमानको परिवर्तन भएकोले अब ति उपलब्धीहहरुलाई रक्षा गर्नका लागि अनुरोध गर्नुभयो ।

नेपालमा बामपन्थीहरुको एकतालाई मजभुत बनाउने महान योजना साथ भने माओवादी केन्द्रको सपनालाई पनि केपी ओलीले वज्रपात गरेको बताउँदै फेरी पनि असली कम्युनिष्ट पार्टी बनाउँदै त्यसका तिर लाग्नका लागि सबैलाई अपिल गर्नुभयो । आम जनताको सेवकको रुपमा पार्टी निर्माण गरी देश र जनताको समृद्धीका लागि लगाउनु पर्ने बताउनुभयो ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६