प्रदेश

समाचार संकलन गर्दा पत्रकार केसीमाथी खुकुरी प्रहार



शनिवार,  १३ कार्तिक ।  समाचार संकलन गरिरहेका बेला पत्रकार कुशलव केसी माथी भक्तपुरको बालकोटमा खुकुरी प्रहार भएको छ । आर्थिक कारोवारको विषयमा सार्वजनिक स्थलमा दुई पक्षका बीचमा झगडा भएपछि समाचार संकलन गर्न गएका पत्रकार केसीमाथी विहिवार खुकुरी प्रहार भएको हो ।

झगडामा संलग्न एउटा पक्षका एक पुरुषले पत्रकार केसीको दाहिने पाखुरामा खुकुरी प्रहार गरेर घाइते बनाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । हाँसँगै अन्य दुई जनालाई पनि ती व्यक्तिले खुकुरी प्रहार गरेर घाइते बनाएको र सवै जनाको भक्तपुरस्थीत नागरिक अस्पतालमा उपचार गरिएको छ ।

आफ्नो ठगी धन्दा पर्दाफास हुने भएपछि बदमासी लुकाउन ठगीमा संलग्न भएको आरोप लागेका व्यक्तिको तर्फबाट खुकुरी प्रहार भएको पत्रकार केसीले बताउनुभयो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइते भएको देखेको र स्थानीय तथा प्रत्यक्षदर्शीहरुले खुकुरी प्रहार भएको बताएपनि कारबाही र अनुसन्धानको प्रक्रिया सुरु गरेको छैन । फौजदारी अपराधमा पनि प्रहरीले उजुरी मागेर आलटाल गरि शुक्रबार मात्रै जाहेरी दर्ता गरेको घाइतेहरुले बताएका छन् ।

विहिवार बेलुका जाहेरी दर्ता गर्न खोज्दा ठिमीस्थीत प्रहरी कार्यालयले कार्यालय समयमा आउनु पर्ने जवाफ दिएको पत्रकार केसीले बताउनुभयो । दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न शुक्रबार जाहेरी दर्ता गरिएको उहाँले जानकारी दिनुभयो ।

अनलाइन टीभी पत्रकार संघका उपाध्यक्ष समेत रहेका केसीमाथी खुकुरी प्रहार भएकोप्रति संघले कडा आपत्ति प्रकट गरेको छ ।संघका महासचिव पवन फुयालद्धारा जारी विज्ञप्तीमा दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता गर्न आग्रह गरिएको छ ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६