प्रदेश

बेलायतले कोभिड–१९ विरुद्धको दुई करोड कोरोना खोप अनुदानमा दिने



काठमाडौं, 14 कात्तिक । बेलायतले कोभिड–१९ विरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाले बनाएको दुई करोड डोज कोरोना खोप अनुदानमा दिने निर्णय गरेको छ । सन् २०२१ को अन्तिमसम्ममा उक्त खोप विकासशील मुलुकमा कोरोना खोप अभियान सञ्चालनको लागि दिइनेछ ।

बेलायतको सरकारले एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म बेलायतले एक करोड कोरोना खोप अनुदानमा दिइसकेको र २०२१ भित्रै थप दुई करोड डोज कोरोना खोप अनुदानमा दिने बताएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले जी २० मुलुकका नेतासँगको भेटमा यो घोषणा सार्वजनिक गर्ने अनुमान छ ।

सन् २०२२ मा बेलायतले कम्तीमा दुई करोड डोज एस्ट्राजेनेकाको कोरोना खोप र सरकारले जोन्सन एण्ड जोन्सन कम्पनीसँग अर्डर गरेको दुई करोड डोज कोरोना खोप अनुदान र कोभ्याक्स कार्यक्रमलाई दिनेछ । बेलायतको सरकारले कोरोना खोप अभियानमार्फत विश्वको आर्थिक गतिविधिलाई पुनः महामारीपूर्वको अवस्थामा ल्याउन सकिने बताएको छ ।

प्रकाशित : १३ कार्तिक २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६