अर्थ-वाणिज्य

सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा शाही निर्वाचित



कपिलवस्तु १४ कातिक। सिद्धार्थ सामाजिक विकास केन्द्रको अध्यक्षमा सुर्य कुमारी शाही निर्वाचित भएकी छन् । संस्थाको २५ र्औं साधारण सभा तथा १२ औं अधिवेशनबाट शाही आगामी २ वर्षका लागी सर्व सहमती अध्यक्षमा निर्वाचित भएकी हुन् ।

जसको उपाध्यक्षमा त्रिलोचन घिमिरे, सचिवमा हरिलाल शर्मा, सहसचिवमा दुर्गा अर्याल र कोषाध्यक्षमा शोभा आचार्य निर्वाचित भएका छन् । भने कार्य समिति सदस्यहरुमा रोमकान्त घिमिरे, देवकला वि.क., सीता खनाल, चेतना अधिकारी, इन्दिरा भट्टराई र गोविन्द खनाल निर्वाचित भएका छन् ।     यसैगरी लेखा समिति संयोजकमा हरी अधिकारी, बाबुराम रायमाझी, सिता पंगेनी, ईशा जि.सी. र प्रभात विक्रम क्षेत्री निर्वाचित भएका छन् । अधिवेशनमा संस्थाका सचिव रोमकान्त घिमिरेद्धारा प्रस्तुत बार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष हरिलाल शर्माद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमतीबाट पारित गरिएको छ ।                                    सो कार्यक्रममा    संविधान सभा सदस्य बलराम अधिकारी,  पुर्व अध्यक्ष टंक प्रसाद आचार्य, पोमनारायण पौडेल,  सागर श्रेष्ठले  सदस्य रुकैया खातुनले  शुभकामना मन्तव्य राखेका थिए ।       अधिवेशन सम्पन्न गर्न संस्थापक तथा पुर्व अध्यक्ष सागर श्रेष्ठ, टंकप्रसाद आचार्य, पोमनारायण पौडेल, टिकाराम पौडेल र गुणनिधि भुसाल सहितको ५ सदस्सीय निर्वाचन मण्डल गठन गरिएको थियो ।

२०५२ सालमा स्थापना भएको यो संस्थाले अहिले बिभिन्न विकास साझेदार संस्थाहरुको समन्वयमा अहिले लुम्बिनी प्रदेशको सबै जिल्लामा कार्यक्रमहरु संचालन गरि रहेको छ । कार्यक्रम संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यको अध्यक्षता, संस्थापक अध्यक्ष सागर प्रसाद श्रेष्ठको प्रमुख आथित्यता, उपाध्यक्ष सुर्य कुमारी शाहीको स्वागत र सचिव रोमकान्त घिमिरेको संचालनमा सम्पन्न भएको आयोजक संस्थाले जानकारी दिएको छ।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६