प्रदेश

मिस युनिभर्स नेपाल-२०२१’को उपाधि सुजितालाई



काठमाडौं १४ कार्तिक  ।मिस युनिभर्स नेपाल-२०२१’को उपाधि सुजिता बस्नेतले हात पारेकी छिन्। आज भएको ग्रान्ड फिनालेमा १५ प्रतिस्पर्धीलाई पछि पार्दै सुजिता बस्नेतले दोस्रो संस्करणको उपाधि जितेकी हुन्।

सुजितालाई गत वर्षकी मिस युनिभर्स नेपाल अंशिका शर्माले ताज पहिर्‍याएकी हुन्। उमङ्ग क्रियसनको आयोजना भएको मिस युनिभर्स नेपाल टाइटल विजेता सुजिताले १० लाख रुपैयाँ नगद र हीरा जडित ताज पाएकी छिन्।

त्यसैगरी, फर्स्ट रनरअप निनाकान्त मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतीक्षा महरा क्षेत्री र फोर्थ रनरअप केशु खड्का भएका छन्।

मिस युनिभर्स विजेताले आउँदो १२ डिसेम्बरमा इजरायलमा हुने ‘मिस युनिभर्स’मा प्रतिनिधित्व गर्नेछिन्। गत वर्षको ‘मिस युनिभर्स नेपाल’को उपाधि अंशिका शर्माले हात पारेकी थिइन्। 

प्रतियोगिताको फ्रेन्चाइज नेपालमा ‘मिस नेपाल अर्थ २०१२’ नग्मा श्रेष्ठले व्यक्तिगत पहलमा भित्र्याएकी हुन्। सन् २०१७ मा पहिलो पटक मिस युनिभर्समा नेपालको प्रतिनिधित्व नग्माले नै गरेकी थिइन्।

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६