प्रदेश

नेता राजेन्द्र राई कात्तिक १७ गते आफ्नो नेतृत्वमा सरकार बन्ने पक्का भएको घोषणा



विराटनगर  १४ कार्तिक : नेकपा (एकीकृत समाजवादी)का प्रदेश नम्बर १ का संसदीय दलका नेता राजेन्द्र राईले प्रदेशमा यही कात्तिक १७ गते आफ्नो नेतृत्वमा सरकार बन्ने पक्का भएको घोषणा गर्दै कार्यकर्तालाई ढुक्क हुन आग्रह गरेका छन्। विराटनगरमा एकीकृत समाजवादीले आयोजना गरेको चियापान कार्यक्रममा नेता राईले केन्द्रीय गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्दै प्रदेश १ मा आफ्नो नेतृत्वको सरकार बन्ने बताएका हुन्।

राईले नेपाली कांग्रेसले गठबन्धन नतोड्ने सहमति गरेको स्पष्ट पार्दै यसअघि कांग्रेसको महाधिवेशनको तयारीका कारण संसद्मा मतदान सरेको जानकारी दिए। उनले कांग्रेसले प्रदेश नम्बर १ र वाग्मती प्रदेशमा एकीकृत समाजवादीलाई नै सरकारको नेतृत्व गर्न दिने समझदारी गरिसकेको दोहोर्‍याए।

उनले पर्सि १५ गते प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यलाई विश्वास भए नभएका विषयमा मतदान भएरै छाड्ने किटानी गर्दै त्यही दिन उनी पदमुक्त हुने घोषणा गरे। राईले समाजवादीका अध्यक्ष नेपालले द्वन्द्वकालमा माओवादीसित ७ बूँदे समझदारी गरेर त्यसैका जगमा १२ बूँदे सहमति र दोस्रो जनआन्दोलन गरेको बताए।

उनले भने, ‘यसरी माधव कमरेडका नेतृत्वमा नौलो जनवादी क्रान्ति सम्पन्न भएको छ। यस्तो क्रान्ति पुष्पलाल, मदन भण्डारी र मनमोहनजीले पनि गर्न पाउनु भएन। माधव नेपालले गर्नुभएको छ।’

प्रकाशित : १४ कार्तिक २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६