सिरहा, १४ कात्तिक । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईका २ एजेन्डा सार्बजनिक भएका छन । भट्टराईले वर्तमान संविधान संशोधनको प्रस्ताव अघि सारेका छन् ।पुरण समानुपातिक निर्वाचनको लागि यस्तो प्रस्ताब गरेका हुन। साथै जसपालै पहिलो पार्टी बनाउन आबहान गरेकाहुन् ।
सिरहाको गोलबजार–९ डण्डाटोलमा जसपाले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले वर्तमान संविधानले सबै वर्ग, क्षेत्र, समुदाय र लिङ्गलाई समेट्न नसकेकोले संशोधन गर्न जरुरी भएको बताएका हुन् । उनले संविधान संशोधन गरी नयाँ ढङ्गले संघीय व्यवस्था स्थापना गर्नुपर्ने बताएका छन्।
देशका सबै पार्टीहरूको संयुक्त प्रयासमा लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सही रूपमा लोकतन्त्र स्थापना हुन अझै नसकेको उनले बताएका छन् । निश्चित भाषा, जाति त्यसमा पनि हुनेखाने, दलाल, सामन्तहरूकै बोलवाला भएकाले यो अवस्था फेर्न संविधान संशोधनमार्फत समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्न जरुरी भएको उनले बताए ।आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै उनले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई १ नम्बरको बनाउन संगठन विस्तार, सुदृढीकरणमा जोड दिनुपर्ने बताए ।
प्रतिक्रिया