जीवनशैली

गुणस्तरिय सामान निर्माणको तालिम शुरु



कपिलवस्तु, १४ कार्तिक । कपिलवस्तुका शिवराज नगरपालिका वडा नं. ३ मा प्याड निर्माण र ढकिया निर्माण सम्बन्धी तालिम सुरु भएको छ । शिवराज नगरपालिका वडा न. ३ को सहयोगमा किर्डाक नेपालको समन्वयमा आशा सञ्जाल बलुहवा र लाली गुराँस स्वावलम्बन समुहको आयोजनामा आज आइतबार तालिम सुरु भएको हो ।

तालिमलाई सम्बोधन गदै शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले अहिलेको अबस्थामा मानिस जमना अनुसार परिवर्तन हुनुपर्ने बताउनुभयो । उहाँले विभिन्न तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्दै दिगो रुपमा अगाडि बढाउनु पर्न बताउनु भयो । यस्तै शिवराज नगरपालिका वडा न. ३ का वडाअध्यक्ष टेकलाल सापकोटाले किर्डाक नेपालले बिभिन्न संवाद क्लव गठन गदै समाज परिवर्तन गर्ने खालका शिक्षा, सिपमुलक तालिम प्रदान गदै आएको बताउनुभयो ।

वडाध्यक्ष सापकोटाले गत वर्ष पनि तालिम संचालन भएको तर यसपटक अझ प्रभावकारी बनाउने उद्धेश्यले प्याड निर्माण गर्ने तालिम सन्चालन गरेको बताउनुभयो । गुणस्तरिय सामान निर्माण कसरी बनाउने भन्ने कुरामा ध्यान दिन किर्डाक नेपालका जिल्ला संयोजक कृष्ण रावलले आग्रह गर्नुभएको छ ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६