प्रदेश

मलामी गएका युवकको डुबेर मृत्यु ।



गुल्मी, १४  कात्तिक। गुल्मीमा मलामी गएका एक युवकको डुबेर मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–७ रुपाकोटका ७६ वर्षीय थानेश्वर न्यौपानेको मृत्यु भएपछि मलामी गएका सोही गाउँका १९ बर्षीय शंकर पौड्यालको कालिगडकी नदीमा डुबेर मृत्यु भएको हो । दाहसंस्कार सकिएसँगै नदीमा नुहाउने क्रममा उनी डुबेर बेपत्ता भएका थिए । मलामी गएकाहरुले उनी डुबेर बेपत्ता भएको  खबर गर्न साथ ईलाका प्रहरी कार्यालय जोहङ्गबाट असई लक्ष्मण बिकको कमाण्डमा ४ जना र रिडी ईलाका प्रहरी कार्यालयबाट  प्रहरी निरीक्षक सुबराज बमको  नेतृत्वमा ७ जनाको टोलीले खोज तलास गर्दै जाँदा आइतबार दिउँसो १२ बजेको समयमा रुद्रवेणीघाट भन्दा ८ किलो मिटर दक्षिण कालिगण्डकी नदीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६