प्रदेश

बाणगंगा नगरपालिकामा अनुदानको च्याउको विउ वितरण सुरु ।



 कपिलवस्तु १५कार्तिक । कपिलवस्तुको बाणगंगा नगरपालिकामा च्याउको विउ वितरण सुरु गरिएको छ । बाणगंगा नगरपालिका कृषि विकास शाखाको बार्षिक कार्यक्रम अनुसार कृषक, कृषि समुह, कृषि फमहरुलाई अनुदानमा च्याउको विउ वितरण गरेको हो । नगरपालिकाले ७५ प्रतिशत अनुदानमा कृषकहरुलाई विउ वितरण गरेको छ ।

विउ वितरण गर्दाै नगरप्रमुख मंगल प्रसाद थारुले भर्ने अब बाणगंगाका कृषक हरुले यहाँको स्थानिय बजारमा आफुहरुले उत्पादन गरेको स्वच्छ तथा तजा च्याउ उपभोक्ता माझ पु¥याउनु पर्छ ।’ उनले भने बाणगंगा नगरपालिकालाई तजा तरकारी तथा फलपुलमा निर्भर गराउन हामि लागि परेका छौ । आफु कृषकको छोरा, कृषिको विद्यार्थी भएकाले पनि नगरको ध्यान सकेसम्म कृषकहरुमै केन्द्रीत गराएको बताए ।

त्यस्तै प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाले कृषकहरु अब माथि उठेर व्यवसायिक खेतिमा लाग्न आग्रह गरेका छन् । बाणगंगा नगरपालिकाका सबै किसानहरुले खेतिपातीको लगानि ढुक्क संग शुरक्षित गर्नका लागि अनिवार्य कृषि विमा गनुपर्ने उनले बताए । प्रकृति संग कसैको केहि नलाग्ने भएकाले पनि कृषकहरुको लागि विमा अति उत्तम रहेको उनको भनाई छ ।

यस्तै च्याउको विउ ग्रहण गर्दौ कृषिकहरुले व्यवसीयक खेतिको लागि नगरको सहयोगले आफुहरु थप उत्साहित भएको बताएका छन् । कृषकहरुलाई बाणगंगा नगरपालिकाको कार्यलय बाटै विउ वितरण गरीएको छ ।

प्रथम चौमासिक अन्र्तरगतको विउ वितरण अझौ दुई दिन सम्म चल्ने नगरपालिका कृषि विकास शाखा प्रमुख लेस बहादुर के.सि.ले बताएका छन् ।

नगरले आईतवार देखि सुरु गरेको विउ वितरणको पहिलो दिन २२ वटा कृषि समुह तथा कृषक हरुले ७ हजार पोका च्याउको विउ लगेका छन् । विउ वितरणमा कृषि विकास शाखाका प्रमुख लेस बहादुर के.सि.,कृषि प्रविधिक पदम घिमिरे लगाएत अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । 

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६