काठमाण्डौ, १५ कार्तिक । विश्वका ठूलो अर्थव्यवस्था भएका देशहरुको समूह जी २० मा कार्बन उत्सर्जनलाई घटाउँदै लैजाने सहमति भएको छ । जी २० का नेताहरुले विश्वमा भइरहेको तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित राख्न सार्थक एवं प्रभावकारी योजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
इटलीमा दुई दिनसम्म भएको जी २० शिखर सम्मेलनमा जलवायु परिवर्तनका विषयमा छलफल भएको हो । नेताहरुले जलवायु परिवर्तनका कारण समस्यामा परेका गरिब तथा विपन्न देशलाई सहयोग गर्न एक सय अर्ब डलर जुटाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । यसैबीच, स्कटल्यान्डको ग्लास्गोमा भइरहेको जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन कोप २६ मा आजदेखि विश्वका नेताहरूले छलफल र बहस थाल्दै छन् ।
प्रतिक्रिया