प्रदेश

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशले पायो पूर्णता ।



बुटवल, १५ कार्तिक ।  प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटिले पूर्णता पाएको छ । बाँकेको कोहलपूरमा बसेको प्रेस चौतारी नेपाल लुम्विनी प्रदेश कमिटीको सचिवालय बैठकले प्रदेश कमिटिलाई पूर्णता दिएको हो। 

प्रदेश कमिटी अध्यक्षमा शोभाखर पन्थी (अर्घाखाँची), उपाध्यक्षमा प्रदीप आचार्य(रुपन्देही), महिला उपाध्यक्षमा पार्वती पाण्डे(कपिलवस्तु), महासचिबमा भेषराज बस्नेत (बाँके), सचिवमा अमृत गिरी (रुपन्देही), सचिवमा बेणीमाधब ज्ञवाली (नवलपरासी) र कोषाध्यक्षमा एल।बी थापा (प्युठान)लाई जिम्मेवारी दिने निर्णय गरिएको छ। 

चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यता र प्रदेश कमिटी अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेश सरकारले पत्रकार कल्याणकारी कोषको रकम कटौती गरेकोमा आपत्ति जनाएको छ। 

यस्तै बैठकले सञ्चार विधेयकमा उल्लेख रहेका संविधान र प्रेस स्वतन्त्रताविरोधी व्यवस्था फिर्ता गर्न माग गरेको छ।  

बैठकका निर्णयहरु

१. प्रेस चौतारी नेपाल लगायत लुम्बिनी प्रदेश भित्रका पत्रकार सम्बद्ध संगठनहरुको बिशेष पहल र आग्रहमा तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारले ५० लाख रुपैयाँको पत्रकार कल्याणकारीकोष स्थापनाको निम्ति रकम विनियोजन गरेकोमा बर्तमान सरकारले कल्याणकारी कोषको रकममा कटौती गरेर सिङ्गो पत्रकारीता क्षेत्र माथि लात हान्ने काम गरेको छ । 

त्यसरी कटौती गरिएको रकम आफ्ना भजन मण्डली र सिमित केही नीजि मिडियाहरुलाई छु्ट्याएको प्रति घोर भ्रत्सना र आपत्ति प्रकट गर्दै उक्त निर्णय तत्काल खारेज गर्न र पत्रकार कल्याणकारी कोषमा रकम अभिबृद्धि गर्न जोडदार माग गरिएको छ । 

२.लुम्विनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरेको सञ्चार सम्वन्धि एकिकृत विधेयक सञ्चारमैत्री नभएको धारणा संगठनले विगतदेखि नै राख्दै आएको छ ।

हाम्रो संगठनले उक्त विधेयकमा ब्याख्या गरिएका सञ्चार र पत्रकार विरुद्धका दफाहरु, पत्रकारहरुलाई फौजदारी अभियोग सरह सजायं गर्ने र सरकारले सञ्चार गृह बन्द गर्न सक्ने जस्ता व्यवस्था तत्काल खारेज गरी विधेयकमा ब्यवस्था गरिएको प्रेस रजिष्ट्रार नियुक्ति प्रक्रियालाई खुला प्रतिपर्धाबाट स्वतन्त्र ब्यक्ति छनोट गर्ने ब्यवस्था सहित कानुन निर्माण गर्न माग गर्दै अन्यथा भएमा उक्त विधेयक अमान्य हुने चेतावनी दिइएको छ । 

३.नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश कमिटीले कोरोना विमा गरेका पत्रकारहरुमध्ये ३ जना पत्रकारहरुले पाउनु पर्ने बिमा वापतको रकम बिमा कम्पनी शिखर इन्स्योरेन्सले रकम भुक्तानी गरेको लामो समयसम्म पनि सम्वन्धित पत्रकारहरुलाई भुक्तानी नगरी आलटाल गरेको प्रति आपत्ति जनाउंदै तत्काल रकम उपलब्ध गराउन माग गरिएको छ । 


४.प्रेस चौतारी नेपाल लुम्विनी प्रदेश कमिटीलाई पूर्णता दिइएको छ । यसअघि केन्द्रिय सचिवालयले प्रदेश कमिटीमा संयोजक र सहसंयोजक सहित सदस्यहरुको मात्र ब्यवस्था गरेकामा नयां ब्यवस्था अन्तर्गत पदाधिकारीको जिम्मेवारी वांडफांड गरिएको छ । 

जसअन्तर्गत प्रदेश कमिटी अध्यक्ष शोभाखर पन्थी (अर्घाखाँची), उपाध्यक्ष प्रदीप आचार्य(रुपन्देही), महिला उपाध्यक्ष पार्वती पाण्डे(कपिलवस्तु), महासचिब भेषराज बस्नेत (बाँके), सचिव अमृत गिरी (रुपन्देही), सचिव बेणीमाधब ज्ञवाली (नवलपरासी) र कोषाध्यक्ष एल.बी थापा (प्युठान)लाई जिम्मेवारी दिने निर्णय गरिएको छ । 

यस संगै प्रेस चौतारी नेपाल लुम्विनी प्रदेश कमिटी ९९ सदस्यीय कायम भएको छ ।

 ५.प्रेस चौतारी नेपालका जिल्ला शाखाहरुको अधिवेशन आगामी पुष मसान्त भित्र सम्पन्न गर्ने गरी १२ वटै जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न गर्न फोकल पर्सन तोकिएको छ । 

जसअन्तर्गत नवलपरासीका लागि यम राना र केशव पराजुली, रुपन्देही प्रदीप आचार्य, कपिलवस्तु पार्वती पाण्डे, पाल्पा कमलराज तिमिल्सिना, गुल्मी युवराज पाण्डे, अर्घाखांची गणेश खनाल, प्युठान गिरु भण्डारी, दाङ् टिका बस्नेत, रोल्पा र रुकुम शोभाखर पन्थी, बांके भेषराज बस्नेत र बर्दियाका लागि रुद्र सुवेदीलाई जिम्मेवारी दिइएको छ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६